काठमाण्डौ- नेपाल सितोरियो कराते संघ र नेपाल कराते महासंघ काठमाण्डौ जिल्लाले सिंगापुरमा हालै सम्पन्न भएको एशियन प्यासिफिक सितोरियो कराते महासंघको निर्वाचनमा अध्यक्ष पदमा निर्वाचित नेपाल सितोरियो कराते संघका अध्यक्ष समेत रहेका दावा गुरुङलाई सम्मान तथा बधाई ज्ञापन गरेको छ ।

काठमाण्डौ जिल्ला सितोरियो कराते संघ र जिल्ला कराते महासंघ काठमाण्डौ द्धारा संयुक्त रुपमा आयोजित सम्मान तथा बधाई कार्यक्रममा उक्त सम्मान गरेको हो । नवनिर्वाचित अध्यक्ष गुरुङगलाई फुलमाला, खादा र सम्मान पत्र सहित जिल्ला संघका अध्यक्ष लगायत सितोरियो करातेकर्मीहरुले सम्मान गरेका हुन् ।

नव निर्वाचित गुरुङगले सिंगापुरमा सम्पन्न विशेष अधिवेशन कङ्ग्रेशमा फिलिपिन्सका प्रतिद्धन्दीलाई पराजित गरेका थिए ।
सम्मान कार्यक्रममा नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा, उपाध्यक्ष मजिन्द्र सिंह, राखेप तालिम तथा प्रशिक्षण विभागका निर्दशक शोभित राज प्रसाई, नेपाल सितोरियो कराते संघका प्रवक्ता गजेन्द्र वहादुर खपाङ्गी ‘ईश्वर’, राष्ट्रिय टिम तयारीका उप निर्देशक दिपक श्रेष्ठ , करातेका प्रमुख प्रशिक्षक दिपक श्रेष्ठ, व्ल्याक वेल्ट प्रशिक्षक कमिटिका अध्यक्ष नारायणदेव राणा, कराते महासंघ तथा सितोरियो कराते संघका पदाधिकारी, खेलाडीलगायतको उपस्थिति रहेको थियो ।

त्यसैगरी सिंगापुरमा सम्पन्न भएको १६ ओै एशियन प्यासिफिक कराते प्रतियोगितामा नेपालले २ स्वर्ण २ रजत र ५ कास्य सहित ९ पदक हाशिल गरेको थियो ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile