काठमाडौँ- क्यानडियन क्रिकेट आइकन साद बिन जफर नेपाल आईपुगेका छन। जफरले नेपाल प्रिमियर लिगमा लुम्बिनी लियन्सबाट खेल्नेछन्।

२०२४ को टी–२० विश्वकपमा क्यानडाको कप्तानी गरेर इतिहास बनाएका जफरले
आफ्नो अन्तर्राष्ट्रिय अनुभव र नेतृत्व क्षमतासहित लुम्बिनी लायन्सलाई थप मजबुत बनाउने विश्वास गरिएको छ ।
पाकिस्तानमा जन्मिएका क्यानडियन क्रिकेटर साद बिन जफरलेसन्२००८ मा क्यानडाको फस्ट क्लास क्रिकेटमा डेब्यु
गरेका थिए । उनले राष्ट्रिय टोलीका लागि सबै फम्र्याटमा निरन्तर प्रतिनिधित्व गरेका छन्।

बायाँ हाते स्लो स्पिन र बायाँ हाते ब्याटिङले मैदानमा बलियो उपस्थिति दिलाउँदै आएका जफरलेक्यारेबियन प्रिमियर लिग (सीपीएल) मा सेन्टलुसिया जोक्सको तर्फबाट खेल्दै अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा प्रस्तुत गरेका छन्।
जफरले क्रिकेट इतिहासमा एउटा बेग्लैस्थान राखेका छन्। टी–२० अन्तर्राष्ट्रिय खेलमा ४ ओभरको बलिङ स्पेलमा एक
रन पनि नदिई कीर्तिमान बनाउने उनी पहिलो खेलाडी हुन्। नोभेम्बर २०२१ मा भएको पनामा विरुद्धको उक्त खेलमा
उनले ४ ओभरमा २ विकेट लिएर ४–४–०–२ को कीर्तिमानी प्रदर्शन गरेका थिए, जुन उपलब्धि आजसम्म अपराजित
छ ।

नेपाल प्रिमियर लिगका लागि लुम्बिनी लायन्ससँग आबद्ध हुन पाउँदा उन्ले अत्यन्तै उत्साहित भएको र अहिलेसम्म प्राप्त गरेको अनुभवले लुम्बिनी लायन्स तथा समग्र नेपाली क्रिकेटमा महत्वपूर्ण योगदान पुर्याउन चाहेको बताएका छन्। साद बिन जफर लुम्बिनी लायन्समा थपिएसँगैनेपाल प्रिमियर लिग २०२४ अझ रोमाञ्चक हुने भएको छ ।

त्यस्तै लुम्बिनी लायन्स बाट नेपाल प्रेमियर लिग खेल्नका लागि बार्बडियन फास्ट बलर रामोन सिमण्ड्स पनि नेपाल आईपुगेका छन्। बायाँ हाते पेसरको रुपमा सिमण्ड्सले २० वर्षको उमेरमा नै वेस्ट इन्डिज क्रिकेटमा आफ्नो पहिचान बनाइसकेका छन् । विशेषगरी उनले आईसीसी यू–१९ क्रिकेट विश्वकपमा वेस्ट इन्डिज यू–१९ टिमका लागि उत्कृष्ट प्रदर्शन देखाएका थिए । दबाबको स्थितिमा पनि उत्कृष्ट बलिङ गर्ने सक्षमता र आफ्नो धारिलो बलिङले टप अर्डर ब्याट्सम्यानलाई पनि चुनौती दिन सक्ने क्षमताले उनी लुम्बिनीका लागि महत्वपूर्ण खेलाडी हुनेछन् ।

लुम्बिनी लायन्सको मार्की प्लेयरमा नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित कुमार पौडेल रहेका छन् भने प्रमुख प्रशिक्षकमा नन्दन फदनिस रहेका छन। लुम्बिनी लायन्सले आफ्नो पहिलो खेल मङ्सिर १९ गते बिराटनगर किङ्स बिरुद्ध खेल्नेछ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile