अल नासरले कतारको क्लब अल घराफालाई पराजित गरेको छ।
एएफसी च्याम्पियन्स लिग अन्तर्गत राति भएको खेलमा अल नासरले घराफालाई ३–१ गोल अन्तरले पराजित गरेको हो।
अल नासरको जितमा रोनाल्डोले दुई गोल गरे ।
जीतसँगै अल नासरको पाँच खेलमा १३ अंक जोडेर तालिकामा दोस्रो स्थानमा उक्लिएको छ। पराजित अल घराफाको भने ५ खेलमा ४ अंक मात्र रहेको छ र आठौँ स्थानमा छ।

