काठमाडौँ- स्पिन इभेन्ट्सको आयोजनामा हुने चौथो अल नेपाल अन्तर वडा टेबलटेनिस प्रतियोगितालाई अखिल नेपाल टेबलटेनिस संघका उपाध्यक्ष सुमन खड्गीले मुख्य प्रायोजन गर्ने भएका छन् ।
त्यस्तै दि ह्यान्डीक्राफ्ट र इटीटी क्लबले सह–प्रायोजन गर्ने छन् ।
अखिल नेपाल टेबल टेनिस संघको तत्वावधानमा प्रतियोगिता यही मंसिर ११ देखि १५ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ ।
प्रतियोगितामा मेन्स सिंगल्स, वुमेन्स सिंगल्स, ब्वाइज सिंगल्स यु–१६, गर्ल्स सिंगल्स यु–१६, मेन्स टिम, वुमेन्स टिम, भेट्रान टिम (४० वर्षमाथि), मेन्स भेट्रान सिंगल्स (४० वर्षमाथि), वुमेन्स भेट्रान सिंगल्स (४० वर्षमाथि) मेन्स भेट्रान सिंगल्स (५० वर्षमाथि) र मेन्स भेट्रान सिंगल्स (६० वर्षमाथि) गरी कुल ११ स्पर्धा प्रतिस्पर्धा हुनेछ ।

