काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज क्लब ‘काठमाडौं गुर्खाज’ले आफ्नो जर्सी सार्वजनिक गरेको छ।
काठमाडौं गुर्खाजले आइतबार काठमाडौंमा एक कार्यक्रमकाबीच गरेर जर्सी सार्वजनिक गरेको हो।
क्लबको मालिक शृंखला खतिवडा र मार्की खेलाडी करण केसीले जर्सी सार्वजनिक गरेका हुन्।

