काठमाडौँ- बोसनिया हर्जगोभिनाविरुद्ध शानदार जीटत निकाल्दै जर्मनी युइएफए नेसन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ।
युरोपा पार्क स्टेडियन शनिबार राति भएको खेलमा घरेलु टोली जर्मनीले बोसनिया हर्जगोभिनालाई ७–० ले पराजित गरेको हो।
जर्मनीको जितमा फ्लोरियन विर्ट्ज र टिम क्लेनडिएन्स्टले २-२ गोल गर्दा।जमाल मुसियाला, काई हाभर्ट्ज र लेरोय सानेले समान १-१ गोल गरे।
यो जितसँगै समुह ३ मा जर्मनीको ५ खेलमा १३ अंकसहित शीर्ष स्थानमा छ।

