काठमाडौँ- निम्ति कुँवर होटल मिस्टिक माउन्टेन ग्रान्ड खुला जेटीआई जुनियर टेनिस प्रतियोगिताको यु–९ गल्र्स सिंगल्समा सोमबार च्याम्पियन बनेकी छन् ।

सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भएको फाइनलमा निम्तिले अमिरा गुप्तालाई ४–२ र ४–० को सोझो सेटमा पराजित गरिन् । यु–८ सिंगल्सको फाइनलमा भने अमिराले निम्तिलाई हराएकी थिइन् ।
यु–९ ब्वाइज सिंगल्समा साहन्श बस्न्यातले भिरल अग्रवाललाई ५–३, ३–५ र ९–७ तथा कायान चालिसेले अहान केडियालाई ४–० र ४–१ ले पाखा लगाउदै फाइनलमा स्थान सुरक्षित गरे ।

होटल मिस्टिक माउन्टेनको मुख्य प्रायोजनमा बागमती प्रदेश टेनिस संघद्वारा आयोजित प्रतियोगिताको यु–१४ ब्वाइज सिंगल्समा वृजेश अर्याल र अरभसम्राट हाडा फाइनलमा भिड्ने भएका छन् । वृजेशले विश्व डल्लाकोटीलाई ७–६ र ६–१ तथा असभले साङगे रोकायालाई ६–४ र ६–४ को सोझो सेटमा पाखा लगाए । सो स्पर्धाको गल्र्समा शिभाली गुरुङले आयुशा जिसीलाई ६–० र ६–० तथा स्वस्तिका विष्टले कर्मिस्था श्रेष्ठलाई ६–४ र ६–० ले पन्छ्याउदै फाइनलमा प्रवेश गरे ।

यु–१० ब्वाइज सिंगल्समा सभ्यजंग कार्कीले सहान्श बस्न्यातलाई ६–४ र ६–० तथा भिरल अग्रवाल अविर केडियालाई ६–० र ६–४ को सोझो सेटमा पन्छ्याउदै फाइनलमा पुगे । सो स्पर्धाको गल्र्समा सरा पन्तले टभिसी राणालाई ६–२ र ६–० तथा नाइरा घलेले सुहानी जजोडियालाई ६–२ र ६–१ ले निराश पार्दै फाइनलमा प्रवेश गरे ।

यु–१२ ब्वाइज सिंगल्समा सुजन कुईकेलले भेडान्त चालिसेलाई ६–४, ४–६ र ६–४ तथा विश्व डल्लाकोटीले आरित मल्ललाई ६–२ र ६–१ ले पराजित गदै फाइनलमा स्थान पक्का गरे । उक्त स्पर्धाको गल्र्समा आयुशा जिसीले स्वरा थापालाई ६–२ र ६–१ तथा सरा पन्तले अनुश्री ध्वजुलाई ६–४ र ६–१ ले हराउदै फाइनल यात्रा तय गरे ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile