काठमाडौं- खेलकुद फोटोपत्रकार सरोज नेपाल ‘हरिगोपाल प्रधान पत्रकारिता पुरस्कार २०८०’ बाट सम्मानित भएका छन् ।
राष्ट्रिय फोटोपत्रकार समूह, नेपालले संस्थाको २७औँ साधारणसभा तथा १३औँ अधिवेशनका अवसरमा नेपाललाई खेलकुद विधातर्फ उक्त पुरस्कार प्रदान गरेको हो ।
खानेपानीमन्त्री प्रदीप यादवले शनिबार साँझ काठमाडौंमा आयोजित कार्यक्रममा नेपालसहित अरू सात फोटोपत्रकारलाई प्रमाणपत्रसहित सम्मानित गरे ।

