काठमाडौं- ताजिकिस्तान र अफगानिस्तानविरुद्धको मैत्रीपूर्ण खेल खेल्न जाने नेपाली राष्ट्रिय टोलीको बिदाइ गरेको छ ।
अखिल नेपाल फुटल संघ एन्फाले शनिबार बिदाइ गरेको हो ।
टोलीमा २३ खेलाडीसहित कोचिङ स्टाफ, व्यवस्थापक, अफिसियल र पत्रकार गरी ३६ जना रहेको एन्फाले बताएको छ।
नेपाली टोली
गोलकिपर : किरण चेम्जोङ (कप्तान), दीप कार्की, विशाल सुनार
डिफेन्डर : अभिषेक लिम्बु, रोहित चन्द, छिरिङ लामा, विमल पाण्डे, सनिश श्रेष्ठ, अभिषेक वाइबा, रन्दिप पौडेल, अन्जल महर्जन
मिडफिल्डर : रोहन कार्की, मणि लामा, एरिक विष्ट, अरबिन राई (आशिष), भरत खवास, उत्सव राई, मनिष डाँगी, आयुष घलान, सुमित श्रेष्ठ
फरवार्ड : जिलेस्पी जङ्ग कार्की, अञ्जन विष्ट, निराजन धामी

