काठमाडौं- ला लिगामा रियल मड्रिडले सहज जीत दर्ता गरेको छ।

रियलको घरेलु मैदानमा शनिबार भएको स्पेनिस ला लिगा अन्तर्गत १३औँ साताको खेलमा रियलले ओसासुनालाई ४–० ले पराजित गरेको हो।

रियलको जीतमा भिनिसियस जुनियर ह्याट्रिक पूरा गरे। यस्तै जुड बेलिङ्घमले एक गोल थपे।

पहिलो हाफमा २–० ले अग्रता बनाएको रियलले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो।

खेलको ३४औँ मिनेटमा भिनिसियसले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए। उनले ६१औँ र ६९औँ मिनेटमा ह्याट्रिक पूरा गरे।

जुड बेलिङ्घमले ४२औँ मिनेटमा गोल गरेका थिए।

जीतसँगै रियलले १२ खेलबाट २७ अंक जोडेका छ। रियल शीर्ष स्थानको बार्सिलोना भन्दा ६ अंकले पछि छ। पराजित ओसासुना भने १३ खेलबाट २१ अंकसहित पाँचौँ स्थानमा छ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile