काठमाडौं- आइसिसी महिला यु–१९ विश्वकपको एसिया छनोट अन्तर्गत दोस्रो खेलमा नेपालले आज कुवेतसंग खेल्दैछ।

खेल युएईको द सेभेन रंगशालामा नेपाली समयअनुसारबिहान ११:१५ बजे सुरु हुनेछ।

यसअघि बुधबार भएको खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनले हराउँदै विजयी सुरुआत गरेको हो।

नेपालले दिएको १०३ रनको लक्ष्य पछाएको थाइल्यान्ड ११.४ ओभरमा सबै विकेट गुमाउँदै ३५ रन मात्रै बनाउन सक्यो।

थाइल्यान्डलाई कम स्कोरमा रोक्न नेपालका लागि रचना चौधरी चार विकेट लिइन्। यस्तै, पूजा महतो र रिया शर्माले दुई दुई विकेट लिँदा कृष्मा गुरुङ र मनिषा उपाध्यायले एक विकेट हात पारिन्।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १०२ रन बनाएको थियो।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile