काठमाडौँ- आइसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकामा जारी त्रिकोणात्मक सिरिजमा आज नेपालले घरेलु टोली अमेरिकाको सामना गर्दैछ।

नेपाली समयअनुसार यी दुई टोलीबीचको खेल राति ९:१५ बजेदेखि डल्लासस्थित ग्राण्ड प्रेरी स्टेडियममा शुरु हुने छ।

यस सिरिजमा नेपालले २ खेलमा एक हार र एक जित हासिल गरेको छ भने अमेरिकाले ३ खेलमा २ हार र एक जित निकालेको छ।

यसअघि नेपाल पहिलो खेलमा अमेरिकासँग पराजित भएको थियो भने स्कटल्याण्डलाई पराजित गरेको थियो।

लिग–२ मा अहिलेसम्म अमेरिका ११ खेलमा १४ अंक हासिल गर्दै दोस्रो स्थानमा छ भने नेपाल १० खेलमा ५ अंकसहित सातौं स्थानमा छ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *