काठमाडौँ- नेपाल हङकङ सिक्सेसको क्वाटरफाइनलमा श्रीलंकासँग ४० रनले पराजित भएको छ।

श्रीलंकाले दिएको १२४ रनको लक्ष्य पछाएकाे नेपालले पाँच ओभरमा सबै विकेट गुमाए ८३ रन मात्रै बनायो।

नेपालका लागि रासिद खानले सर्वाधिक ५५ रनकाे अर्धशतकीय पारि खेले पनि नेपालको जितको लागि प्रयाप्त भएन। नारायण जोसीले १३ तथा कप्तान सन्दीप जोराले ६ रन मात्रै बनाउन सके।

श्रीलंकाका लागि थरिन्दु रत्नानायके र लाहिरु समराखोनले समान दुई तथा धनन्जय लक्शन र कप्तान लिहुरु मदुसन्काले समान एक विकेट लिए ।

यस्तै, पराजित नेपालले अब अर्को खेल प्लेट सेमिफाइनल खेल्ने भएको छ। प्लेट सेमिफाइनल खेलमा नेपालले बंगलादेश र युएई मध्ये एक देशसँग आइतबार खेल्ने छ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ६ ओभरमा दुई विकेट गुमाएर १२३ रन बनाएपछि नेपालले १२४ रनको लक्ष्य पाएको हो।

श्रीलंकाको लागि धर्मप्रिया वीराक्कोडीले सर्वाधिक ५० रन बनाए भने लिहुरु मधुशंकाले ३१ रनको योग्दान गरे।

नेपालका लागि प्रतिश जिसी र नारायण जोसीले एक विकेट हात पारे।

समुह चरणमा इङल्याण्ड र अस्ट्रेलियालाई पराजित गरेको नेपालले समुह विजेता हुँदै क्वाटरफाइनलमा पुगेको थियो।

नेपालले इङल्याण्डलाई ६ विकेटले पराजित गरेको थियो भने अस्ट्रेलियालाई ११ रनले पराजित गरेको थियो।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile