काठमाडौँ- उज्बेकिस्तान को टाश्केन्त शहर मा नोभेम्बर १ देखी ८ सम्म आयोजना हुने आइतिएफ़ तेक्वान्दो विश्वकप -२०२४ मा सहभागिता को लागि युवा तथा खेलकुद मन्त्रलयले विदाई गरेको छ।

युवा तथा खेलकुद मन्त्रि ले तेजुलाल चौधरी ज्यूले उक्त विश्वकप मा सहभागी हुने नेपालि टोली लाई मत्रालय मा विदाई गर्नु भएको हो। उक्त कार्यक्रम को लागि नेपाल अन्तराष्ट्रिय तेक्वान्दो महासंघ का महासचिव घम बहादुर थापा मगर को नेतृत्व मा सात सदसिय टोली सहभागी हुनेछन।

जसमध्य रेफ्री को भूमिकामा घम बहादुर थापा मगर र बिक्रम बाठा मगर, प्रशिक्षक मा होम बहादुर सुनार, पखेलाडी तर्फ  खगेन्द्र घर्ति मगर, सुरेन्द्र अदै र महिला खेलाडी तर्फ नविना बिश्वकर्मा र बसन्ती डाँगी रहेका छन। उक्त टोली नोभेम्बर १ मा काजकस्तान तर्फ जाने   छन।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *