काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिपको उपविजेता टोलीलाई नेपाल सरकारले तिहार लगत्तै पुरस्कार प्रदान गर्ने घोषणा गरेका छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको फाइनलमा बंगलादेशसँग २-१ पराजित भएको थियो । साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपालको यो छैटौं हार हो । टोलीका खेलाडीले जनही तीन लाख रुपैयाँ पुरस्कार पाउने छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा बिहीबार राष्ट्रिय टोलीका महिला फुटबल खेलाडीसँगको भेटघाटका क्रममा प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहनमा कुनै कञ्जुस्याई नगर्ने स्पष्ट गर्दै तिहारलगत्तै पुरस्कार प्रदान गर्ने जानकारी गराए ।

प्रधानमन्त्री ओलीले विजेता बन्न सकेनौं भनेर दुखी हुनुभन्दा आगामी खेललाई उत्कृष्ट बनाउन ध्यान दिनुपर्ने बताए ।

“विजेता भइएन भन्दैमा दुःख नमानौँ । तेञ्जिङ नोर्गे पनि एकै पटकमा नभई आठौं पटकमा सर्वोच्च शिखर सगरमाथा पुग्न सफल भएका थिए । हामीले आगामी खेलमा कसरी उत्कृष्ट बनाउने भन्नेमा ध्यान दिनुपर्छ । प्रयास गर्दै गए एकदिन अवश्य सफल भइन्छ ।’

विगतका कतिपय खेलका पुरस्कार अझै प्राप्त नभएको गुुनासो आइरहेका बेला प्रधामन्त्री ओलीको निर्देशनमा पछिल्ला अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक पाउने खेलाडीलाई सक्दो छिटो पुरस्कार दिन थालिएको छ र पुरस्कारमा कर लाग्ने व्यवस्था हटाइएको छ ।

प्रधानमन्त्री ओलीले ५० हजारसम्म दर्शक अट्ने रंगशाला निर्माणका लागि सरकारले उचित स्थानमा जग्गा खोजिरहेको बताए ।

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, काठमाडौं महानगरपालिका उपप्रमुख सुनीता डंगोल, अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङलगायत सहभागी थिए ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile