काठमाडौँ- फुटबलर्स मिसन टुगेदरद्धारा आयोजित दोश्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८१ अन्तर्गत आज मध्यपुर युथ एसोसियसनको खेल मैदानमा सम्पन्न खेलमा माहावीर क्लबले विजय युथ क्लबलाई ४–० ले पराजित गरेको छ ।

माहावीरको तर्फबाट किशोर नेपाली, टिका वहादुर उप्रेती, विक्रम कार्की र भरत गुरुङ्गले समान १ गोल गरेका थिए । महावीरका किशोर नेपाली एबिथभच या तजभ mबतअज घोषित भए ।

त्यस्तै आजै सम्पन्न दोश्रो खेलमा फ्रिडम फाईटरले वीआर व्रदर्शलाई ७–१ गोलले पराजित गर्यो । फ्रिडमको विकर्ण श्रेष्ठ एबिथभच या तजभ mबतअज घोषित भए ।

आजको तेश्रो खेलमा हाम्रो धरान भेट्रानले वीरगन्ज युथ एकेडेमीलाई १–० ले पराजित गर्यो । धरानको लागि दिल कुमार कार्कीले निर्णायक गोल गरे र एबिथभच या तजभ mबतअज पनि घोषित भए ।

प्रतियोगिता अन्तर्गत भोलीको पहिलो खेल विहान ९ बजे चितवन एफसी विरुद्ध हिमालयन शेर्पा भेटान्स, दोश्रो खेल १ बजे वानेश्वर फ्रेण्डसिप विरुद्ध महावीर क्लब र तेश्रो खेल ३ बजे संयूक्त अनुभवी क्लब विरुद्ध फ्रिडम फाईटर विच खेल हुने कार्यक्रम रहेको छ ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *