काठमाडौँ- प्रयास मञ्च नेपालले खेलकुद क्षेत्र (विशेष गरी एथलेटिक्समा) हासिल गरेको उपलब्धी तथा खेलकुदको विकास र विस्तारमा पु¥याएको महत्वपूर्ण योगदानको कदर गर्दै एथलेटिक्स खेलाडीसहित खेलकर्मीलाई बिहीबार सम्मान गरेको छ ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मञ्चले आयोजना गरेको बुद्धवीर लामा तेह्रौं गीतिमय सांगीतिक साँझका अवसरमा उनीहरुलाई सम्मान गरेको हो । पूर्व धावक गीतकार लामा गत असारमा बंगलादेशको ढाकामा भएको अन्तर्राष्ट्रिय खुला भेट्रान एथलेटिक्स प्रतियोगिताको पुरुष ६५ वर्षमाथि ५ हजार मिटर दौडका स्वर्ण विजेता पनि हुन् ।

दक्षिण एसियाली खेलकुदका कीर्तिमानी पूर्व धावक वैकुण्ठ मानन्धर, प्रहरी संगठनबीच हुने अन्तर्राष्ट्रिय हाफ म्याराथन र १० हजार मिटर दौडका स्वर्ण विजेता सिंगपुर प्रहरीका निवृत निरीक्षक निमेश गुरुङ, बंगलादेशको ढाकामा भएको अन्तर्राष्ट्रिय खुला भेट्रान एथलेटिक्स प्रतियोगिताको पुरुष ६५ वर्षमाथि १० हजार मिटर दौडका स्वर्ण विजेता पुष्पलाल श्रेष्ठ, बंगलादेशको ढाकामा भएको अन्तर्राष्ट्रिय खुला भेट्रान एथलेटिक्स प्रतियोगिताको पुरुष ५० वर्षमाथि ५ हजार र १० हजार मिटर दौडका स्वर्ण विजेता धर्म महर्जन, अन्तर्राष्ट्रिय माउन्टेन क्रस कन्ट्री च्याम्पियनसिपकी स्वर्ण विजेता इन्द्रकला नेम्वाङ (निक्की) र विश्वका चर्चित लन्डन, बर्लिन, न्युयोर्क र बोस्टन म्याराथनमा सहभागिता जनाएका शम्भुप्रसाद दाहाल सम्मानित भए । सम्मानित हुने अन्यमा एथलेटिक्सका पूर्व प्रमुख प्रशिक्षक मधुशमशेर राणा, एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्री, पूर्व खेलाडी एवं प्रशिक्षक एथलेटिक्स ट्रेनिङ सेन्टर क्लब, स्वयम्भूका अध्यक्ष रमेश सुनार, धावक त्रिरत्न मानन्धर, इलाम जिल्ला खेलकुद विकास समितिका अध्यक्ष खगेन्द्र बाँस्तोला र पूर्व धाविका रोशनी शाह रहेका छन् ।

सोही अवसरमा विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वलाई पनि सम्मान गरिएको थियो । शिक्षासंगै आफ्नो विद्यालयमार्फत खेलकुद प्रतियोगिता आयोजना गरेर विभिन्न खेलको राष्ट्रिय खेलाडी उत्पादान गर्दै खेलकुदको विकास र विस्तारमा अतुल्नीय योगदान पु¥याएवापत ज्ञानोदय बालवाटिकाकी संस्थापक प्रिन्सिपल इन्दिरा याक्थुम्बालाई ‘महान नारी रत्न सम्मान– २०८१’ बाट सम्मान गरिएको थियो ।

शिक्षा क्षेत्रबाटै, माया लामा, जीवन खड्का, भीमकुमार श्रेष्ठ, दिपक योञ्जन, टंकप्रसाद गैरे, नेत्रप्रसाद दाहाल, भक्त राजभण्डारी, अम्बिरकुमार कटुवाल, मोहन कार्की, शिवप्रसाद अधिकारी, ईश्वर पोखरेल, अशोकसुनदर श्रेष्ठ र भावना सुवेदीलाई सम्मान गरियो । गीत, संगीत र चलचित्रतर्फ गोपाल कर्माचार्य, रगुन गुरुङ, अर्जुन चैनपुरे र सिर्जनामाया लामा सम्मानित भए । विविध क्षेत्रबाट बलरा नगरपालिका, सर्लाहीका मेयर रामाशंकर प्रसाद कुशवाहा, वरिष्ठ अधिवक्ता देवराज कटुवाल, समाजसेवी गोले दम्पत्ति गणेश र विन्दुदेवी, समाजसेवी एवं व्यवसायी सन्तोष राई र कर्मचारी बालकृष्ण कोइराला सम्मानित भए । सोही अवसरमा विदेशमा रहेर नेपाललाई चिनाउन अहम भूमिका निर्वाह गर्ने व्यक्तित्वलाई पनि सम्मान गरिएको थियो ।

उनहीहरुलाई पूर्व प्रधानमन्त्री झलनाथ खनाल, प्रयास मञ्च नेपालका अध्यक्ष शिवध्वज कार्की, कार्यक्रम संयोजक जशु लामा, ज्ञानोदय बालवाटिका माविकी संस्थापक प्रिन्सिपल इन्दिरा याक्थुम्बालगायतले एक कार्यक्रमबीच कदर पत्रसहित सम्मान गरे । सो अवसरमा बुद्धवीर लामाले कार्यक्रमको टिकट विक्रीबाट उठेको रकम मध्ये ५१ हजार १ सय ११ रुपैयाँ काठमाडौंको चोभारमा सञ्चालित असहाय बाल गृहलाई सहयोग स्वरुप हस्तान्तरण गरेका थिए । बुद्धवीर लामा तेह्रौं गीतिमय सांगीतिक साँझ विदेशमा पनि २ पटक आयोजना भइसकेको छ । १० औं र १२ औं संस्करण क्रमशः अमेरिका र बेलायतमा भएको थियो ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *