काठमाडौँ- अस्ट्रेलियालाई हराउदै दक्षिण अफ्रिका आइसिसी टी-२० महिला विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।

दुबई इन्टरनेशल क्रिकेट मैदानमा बिहीबार राति भएको सेमिफाइनल खेलमा अस्ट्रेलियालाई ८ विकेटले हराउँदै दक्षिण अफ्रिका फाइनलमा पुगेको हो ।

जितका लागि एक सय ३५ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १७.२ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । दक्षिण अफ्रिकाको जितमा एनेक बोशले अविजित ७४ रन बनाइन।

यस्तै लौरा वोल्भार्डले अविजित ४२ र ताजमिन ब्रिट्सले १५ रन जोडिन। बलिङमा अस्ट्रेलियाकी अन्नाबेल सदरल्यान्डले दुई विकेट लिइन।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ३४ रन बनाएको थियो ।

अस्ट्रेलियाको लागि बेथ मुनीले सर्वाधिक ४४ रन बनाइन । एलेस पेरीले ३१, तहलिया म्याकग्राथले २७ र फोबे लिचफिल्डले १६ रन जोडिन।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile