काठमाडौं- साफ महिला च्याम्पियनसिपमा आज नेपालले भुटानसँग खेल्दैछ। यो खेल नेपाली समयअनुसार ५:३० बजेदेखि शुरु हुने छ।
आज हुने दिनको पहिलो खेल श्रीलंका र माल्दिभ्सबीच हुँदैछ। दशरथ रंगशालामा हुने यो खेल नेपाली समयअनुसार साढे ३:३० बजेदेखि शुरु हुने छ।
प्रतियोगितामा पहिलो खेलमा भारतले पाकिस्तानलाई ५–२ गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको छ।
यस प्रतियोगितामा आयोजक नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, भुटान, माल्दिभ्स र बंगलादेशले यो प्रतियोगितामा सहभागि छन्। नेपाल समुह बी मा श्रीलंका, माल्दिभ्स र भुटानसँग रहेको छ भने समुह ए मा भारत, बंगलादेश र पाकिस्तान रहेका छन्।
नेपालले यसअघिका सबै छ साफ च्याम्पियनसिपमा भाग लिएपनि अहिलेसम्म उपाधि जितेको छैन। नेपाल पाँच पटक प्रतियोगिताको उपविजेता बनेको छ। अहिलेसम्म भारतले प्रतियोगिताको पाँच पटक उपाधि जितेको छ भने एक पटक बंगलादेशले उपाधि जितेको छ।
नेपाली टीम
गोलकिपर: अन्जिला तुम्बापो सुब्बा (सी), अञ्जना राना मगर र उषा नाथ ।
डिफेन्डर: गीता राणा, अमृता जैसी, समिच्छ घिमिरे, निशा थोकर, पूजा राणा, विमला विक, हिरा कुमारी भुजेल र सजनी थोकर ।
मिडफिल्डर: रेणुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, दिपा शाही, सविता राना मगर, अनिता बस्नेत, अमिषा कार्की र विमला चौधरी ।
फरवार्ड: रश्मीकुमारी घिसिङ, अनिता केसी, रेखा पौडेल र सावित्रा भण्डारी ।

