काठमाडौं- साफ महिला च्याम्पियनसिपको सातौं संस्करण आज बिहीबारबाट नेपालमा सुरु हुँदै छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने उद्घाटन खेलमा भारत र पाकिस्तानबीच भिड्न्त हुँदैछ। यी दुई टोलीबीचको खेल साँझ ५ :३० बजेबाट सुरु हुँदैछ।

यस प्रतियोगितामा दक्षिण एसियाका सात टोली सहभागि रहेका छन्। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। एउटा समूहमा तीन र अर्को समूहमा चार टोली छन्।

एकअर्कासँग एक खेल खेलेपछि हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनल यात्रा तय गर्नेछ।

प्रतियोगिताको सातौं संस्करणमा पनि साबिक विजेता बंगलादेश, भारत र घरेलु टोली नेपाललाई उपाधिको प्रमुख दाबेदारको रूपमा हेरिएको छ। समूह ‘ए’ मा साबिक विजेता बंगलादेश, भारत र पाकिस्तान तथा समूह ‘बी’ मा नेपाल, श्रीलंका मल्दिभ्स र भुटान छन्।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *