काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक प्रदिप हुमाँगाई विश्व फुटबल फिफा अन्तर्गत प्रशिक्षकहरुले प्राप्त गर्ने ‘फिफा–प्रो’ लाइसेन्स प्राप्त गरेका छन्। उक्त लाइसेन्स प्राप्त गर्ने उनी पहिलो नेपाली प्रशिक्षक बनेका छन्।

प्रदिपले १६ महिनाको लामो अध्ययनपछि मंगलबार अर्जेन्टिनाबाट फिफा प्रो लाइसेन्स प्राप्त गर्न सफल भएका हुन्। अमेरिकामा बसेर फुटबल प्रशिक्षणसँगै अध्ययनमा सक्रिय ४३ वर्षिय हुमागाईले धेरैको माया र आशीर्वादका कारणले नै आफूले महत्वपूर्ण उपलव्धि हासिल गर्न सकेको प्रतिक्रिया दिए।

हुमागाईले सन २००९ बाट फुटबल प्रशिक्षकको रुपमा आफ्नो जीवन सुरुवात गरेका थिए। १५ वर्षको लामो अध्ययन विभिन्न क्लवहरुमा प्रशिक्षणको जिम्मेवारी सम्हाल्दै उनले नेपालबाट एफसी ‘बि’ र ‘ए’ क्याटोगोरीको लाइसेन्स समेत प्राप्त गरेका थिए।

सन् २००३ मा काठमाडौंमा भएको बंगलादेशसंगको मैत्रीपूर्ण खेलमा उनको प्रशिक्षणमा रहेको नेपाली राष्ट्रिय टिमले ३–१ ले जित हात पारेको थियो।

काठमाडौं विश्वविद्यालयमा महिला प्रशिक्षकको रुपमा सुरुवात गरेका हुमागाईले नेपाली ए डिभिजनको क्लब थ्रिस्टार क्लब, ललितपुर एफसी, भुटनिज यूथ स्पोर्टस क्लब अमेरिकालगायतको टोली प्रशिक्षण दिएको अनुभव संगालेका छन्। नयाँ उचाइसँगै अब नेपाली राष्ट्रिय फुटबल टिमको नेतृत्व सम्हाल्ने दाबी गरेका छन्।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *