काठमाडौं- नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले नेपाल ओलम्पियन संघका अध्यक्ष दीपक विष्टलाई एक कार्यक्रमबीच बुधबार बिदाइ गरेका छन्।

विष्टले स्विटजरल्यान्डको लउजानमा हुने विश्व ओलम्पियन संघको विशेष साधारण सभामा भाग लिनेछन्।

साधारण सभा अक्टोबर १० देखि १२ तारिखसम्म हुनेछ। साधारण सभाको मुख्य एजेन्डा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी अन्तर्गत विश्व ओलम्पियन संघको समायोजन रहेको छ। त्यस क्रममा निर्वाचन पनि हुनेछ।

बिदाइ काय्रक्रममा एनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठ, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघका अध्यक्ष दीपक श्रेष्ठ, नेपाल भारोत्तोलन संघका अध्यक्ष राम श्रेष्ठ र नेपाल ओलम्पियन संघकी सचिव देवु थापाको उपस्थिति थियो।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile