काठमाडौँ- आन्द्रेस इनेस्टाले फुटबल खेल करियरबाट सन्यास लिएका छन् ।

४० वर्षिय इनेस्टाले मंगलबार सन्यास घोषणा गरेका हुन् ।

स्पेनका लागि १३१ खेल खेलेका इनेस्टाले सन् २०१० को फिफा विश्वकप फाइनलमा नेदरल्याण्ड्स विरुद्ध निर्णायक गोल गरेका थिए ।

यस्तै सन् २००८ र २०१२ मा लगातार युरोकप जितेका थिए ।

बार्सिलोनाको ला मासिया एकेडेमीका उत्पादन इनेस्टाले आफ्नो २२ वर्षीय करियरमा अधिकांश समय बार्सिलोनामा बिताएका थिए ।

सन् २००२ मा सिनियर टिममा डेब्यु गरेका उनले २९ उपाधि जिते। जसमा ९ स्पानिस ला लिगा र ४ च्याम्पियन्स लिग ट्रफी समेत सामेल छ ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *