काठमाडौं- नेपाल राष्ट्रिय कराते टोलीका प्रशिक्षक मण्डेकाजी श्रेष्ठ ‘स्पोर्टस् पर्सनालिटी अफ दि इयर’बाट सम्मानित भएका छन् ।

आइतबार भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा आयोजित ‘एचिभर्स अवार्ड २०२४’ कार्यक्रममा खेलकुद विधातर्फ मण्डेकाजी सम्मानित भएका हुन् ।

सक्सेस मिडिया र यात्रा प्लसको संयुक्त आयोजनामा वर्षेनी आयोजना हुँदै आएको अवार्ड कार्यक्रममा यसपालि आयोजकले १३औं दक्षिण एसियाली खेलकुद (साग)का दोहोरो स्वर्ण पदक विजेता खेलाडी मण्डेकाजीलाई सम्मान गरेको हो ।

कार्यक्रममा खेलकुद विधा बाहेक वर्ष कलाकार, वर्ष बैंकर, वर्ष चिकित्सकजस्ता विधामा पनि अवार्ड प्रदान गरिएको थियो ।

मण्डेकाजीले सम्मान स्वरुप प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण कुमार चौधरीबाट ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

पाँच वर्षअघि काठमाडौंमा भएको १३औं सागमा मण्डेकाजीले कराते एकल काता र टिम कातामा देशका लागि ऐतिहासिक दोहोरो स्वर्ण पदक दिलाएका थिए । एकल कातामा उनले २० वर्षको खडेरी तोडेका थिए ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *