काठमाडौँ- राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य शक्ति गौचनलाई नेपाल प्रिमियर लिग (एनपिएल) को सहभागी टोली लुम्बिनी लायन्सले कन्सल्टेन्ट प्रशिक्षक नियुक्त गरेको छ ।

लुम्बिनी लायन्सका‌ मालिक ईश्वर जिसी र गौचनले शनिबार सम्झौता पत्रमा हस्ताक्षर गरुेका छन् । लुम्बिनीले सम्झौतालाई एक वर्षको रहेको र भविष्यमा समेत निरन्तरता पाउने बताएको छ ।

एनपिएलको आयोजनाले क्रिकेट खेलाडीको व्यावसायिकता र नयाँ खेलाडी उत्पादनमा सहयोग पुग्ने भन्दै गौचनले नेपाल क्रिकेट सङ्घ (क्यान) लाई धन्यवाद दिए। उहाँले आफूलाई मौका दिएको लुम्बिनीलाई धन्यवाद दिँदै टोलीलाई जिताउन सक्दो प्रयास गर्ने बताए।

लुम्बिनीका मालिक जिसीले गौचनलाई टोलीमा समावेश गर्न पाउँदा खुसी लागेको बताए। क्यानका सचिव पारस खड्काले नेपाली‌ क्रिकेटमा गौचनको योगदान अतुलनीय रहेको चर्चा गरे।

लुम्बिनीका मार्की खेलाडीमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल रहेका छन्। क्यानको आयोजनामा मङ्सिर १५ देखि पुस ६ गतेसम्म आयोजना हुने एनपिएलमा आठ टोलीको सहभागिता रहनेछ ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile