काठमाडौं- नेपाली भलिबलको इतिहासमै पहिलो पटक हुन लागेको फ्रेन्चाइज प्रतियोगिता वात्सल्य एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिएल) आजदेखि सुरु हुँदैछ।

इडब्लुभिएलको पहिलो संस्करण सोमबारबाट त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा सुरु हुनेछ।
  उद्घाटन खेलमा काठमाडौं स्पाइकर्सले ललितपुर क्विन्सको सामना गर्नेछ। खेल दिउँसो ३ः४५ मा सुरु हुनेछ।

यस्तै दिनको दोस्रो खेलमा मधेश युनाइटेड र कर्णाली यसभिसले ५ः४५ बजे एकअर्कासँग प्रतिस्पर्धा गर्दा ७ः४५ मा सुरु हुने तेस्रो खेलमा चितवन शक्ति र गण्डकी थन्डर्स आमनेसामने हुनेछन्।

आइतबार आयोजक इन्फिनिटी ड्रिम्स प्रालिले प्रतियोगिताको पूर्वसन्ध्यामा सहभागी ६ टोलीका कप्तान र प्रशिक्षकसँगको अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile