काठमाडौँ- मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी टेकरमा शनिबार आएको पहिरोमा परी मृत्यु भएका मकवानपुर जिल्लाका फुटबलरको शब सोमबार बिहान हेटौंडा ल्याइएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को युथ–१४ एकेडेमीमा रहेका ४० जनामध्ये खेलाडीमध्ये ६ जनाको पहिरोले पुरिएर निधन भएको थियो।

शिक्षण अस्पताल महाराजगञ्जमा पोष्टमार्टम गरी मृतक खेलाडीको शब आइतबार नै हेटौंडा ल्याउने तयारी भएपनि अन्तिम समयमा स्थगित गरिएको थियो ।
आज बिहान करिब ९ बजेको समयमा हेटौंडा–११ स्थित वाग्मती प्रदेश प्रहरी कार्यालयमा हेलिकोप्टरमार्फत् मकवानपुर जिल्लाको तीनजना खेलाडीको शब हेटौंडा ल्याइएको हो । मकवानपुरको सिस्नेरी घर भएका दिवस बानियाँ, हेटौंडा–१२ का अनुपम घलान, मकवानपुरगढी गाउँपालिकाका साइमन योञ्जनको पहिरोले पुरेर मृत्यु भएको थियो ।

प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवाल र मकवानपुरका प्रहरी प्रमुख उपरीक्षक सीताराम रिजालको उपस्थितिमा मृतकको शव आफन्तलाई जिम्मा लगाइएको थियो। मृतको शव हेटौंडा–४ स्थित जिल्ला खेलकुद विकास समितिमा राखिएको छ ।

मृतकको खेलाडी पार्थिव शरीरमा खेलाडी, प्रशिक्षक, खेलप्रेमी, जनप्रतिनिधिहरुले पुष्पगुच्छा अर्पण गरेका छन् । एन्फा मकवानपुरको संयोजनमा खेलाडीको शबलाई उक्त स्थानमा राखिएको हो ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile