काठमाडौँ- चितवन शक्ति बाट एभ्रेष्ट वुमन्स भलिबल लिग इडब्ल्यूभिएल खेल्ने तीन जना विदेशी खेलाडी नेपाल आईपुगेका छन् ।

चितवनबाट खेल्ने २ भारतीय खेलाडी केपी अनुश्री र सुर्य सरसुरी तथा रसियाबाट आएकी अन्ना डिमित्रीभा शुक्रबार नेपाल आइपुगेका हुन् । तीनै जना विदेशी खेलाडीले टिममा आएर प्रशिक्षण सुरु गरिसकेको छन्।

चितवन शक्तिका लागि केपी अनुश्री र अन्ना डिभित्रीभा स्पाइकरको रुपमा खेल्नेछन् । त्यस्तै, सुर्या ले मिडलब्लकरको पोजिसनमा खेल्नेछिन् ।

असोज १४ देखि १९ गतेसम्म हुने वा त्सल्य वुमन्स भलिबल लिगको खेलको टिकट खल्ती डिजिटल एपबाट लिन
सकिनेछ ।

चितवन शक्तिले प्रतियोगिताको लागि आफ्नो सम्पूर्ण तयारी पूरा गरेको र प्रतियोगिताको लागि तयार रहेको बताएको छ।
चितवन शक्ति ले प्रतियोगिताको पहिलो खेल गण्डकी थन्र्डससँग सोमबा र साँझ ७ः ४५ म दशरथ रंगशालामा हुनेछ ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *