काठमाडौं- राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले विभिन्न खेलका मुख्य प्रशिक्षकसंग प्रशिक्षण, भावी योजना, समस्यालगायतका विषयमा चासो राख्दै बिहीबार छलफल गरेका छन् ।

सो अवसरमा सदस्य–सचिव घिसिङले मुख्य प्रशिक्षकलाई आफ्नो क्षमता सहि ठाउँमा सदुपयोग गर्नु पर्ने सुझाउदै प्रशिक्षकहरुले आवश्यकता अनुसार समय–समयमा रिफ्रेसर कोर्ष गर्नु पर्नेमा जोड दिए । उनले विगतको प्रशिक्षण शैलीले मात्र सोचे जस्तो उपलब्धी हासिल गर्न नसकिने बताउदै वैज्ञानिक प्रशिक्षणमा विशेष ध्यान दिनु पर्ने आवश्यकता औल्याए ।

उनले वैज्ञानिक प्रशिक्षणका लागि फिट्नेस सेन्टर निर्माण र सोका लागि आवश्यक पर्ने सामाग्री खरिदको प्रकृया अगाडि बढिसकेको बताए । सदस्य–सचिव घिसिङले मुख्य प्रशिक्षकको प्रगति विवरणका विषयमा जानकारी लिन कम्तीमा माहिनमा एक पटक बैठक समेत राख्ने बताए ।

छलफलमा राखेपअन्तर्गत तालिम तथा प्रशिक्षण विभागका निर्देशक सोभितराज प्रसाईं, उप–निर्देशक विष्णु सिंहसहित भारोत्तोलन, कुस्ती, उसु, भलिबल, क्रिकेट, जुडो, ब्याडमिन्टन, शारीरिक सुगठन, लनटेनिस, टेबलटेनिस, पौडी, जिम्न्याष्टिक, तेक्वान्दो, बास्केटबललगायत खेलका मुख्य प्रशिक्षकको उपस्थिति रहेको थियो ।
सो अवसरमा मुख्य प्रशिक्षकहरुले आ–आफ्नो खेलको अवस्था बारे जानकारी गराउदै समस्या बारे अवगत गराएका थिए ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile