काठमाडौँ- अष्ट्रेलियाविरुद्ध इंग्ल्यान्डले तेस्रो ओडिआईमा सहज जीत निकालेको छ। मंगलवार राति भएको खेलमा इङ्ग्ल्यान्डले डिएलएस मेथटमा ४६ रनको जित हात निकालेको हो।

रिभरसाइड क्रिकेट मैदान डुरममा अष्ट्रेलियाले दिएको ३०५ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले ३७.४ ओभरको ४ विकेट गुमाएर २५४ रन बनाएको अबस्थामा बर्षा सुरु भएको थियो । निरन्तरको वर्षाका कारण खेल सुचारु हुन नसकेपछि इंग्ल्यान्ड डिएलएस पद्धतीमा ४६ रनले विजयी भयो ।

इंग्ल्यान्डका लागि कप्तान ह्यारी ब्रुकले नट आउट ११० रनको शतकीय ईनिङ खेले । त्यस्तै विल ज्याक्सले ८४ तथा लियम लिविगंस्टोन ३३ रनमा नट आउट रहे ।

अष्ट्रेलियाका लागि मिचेल स्टार्क र क्यामरुन ग्रीनले समान २ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३०४ रनको बनाएको थियो ।

अष्ट्रेलियाका लागि एलेक्स केरीले सर्वाधिक ७७ रन बनाए । स्टिभ स्मिथले ६०, आरोन हार्डीले ४४, क्यामरुन ग्रीनले ४२, ग्लेन म्याक्सवेलले ३० रन जोडेका थिए ।

इंग्ल्यान्डका लागि जोफ्रा आर्चरले २ तथा ब्याडन कार्स, जोकेब बेथहेल, विल ज्याक्स र लियम लिविगंस्टोनले समान १ विकेट लिए ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile