काठमाडौँ- भारतीय महिला भलिबल खेलाडी जुही शाले एभरेष्ट महिला भलिबल लिग
इडब्ल्युसीएल) को फ्रेन्चाइजी टिम गण्डकी थण्डर्सबाट भलिबल
खेल्ने भएकी छन् ।

गण्डकीले शालाई आफ्नो चौथो विदेशी खेलाडीको रुपमा टिममा
अनुबन्ध गरेको हो । भातरीय टोलीकी अनुभवी खेलाडीको रुपमा रहेकी
शाले नेपालमा पनि भलिबल खेलेको अनुभव छ ।

सेटर शाले भर्खरै मात्र काठमाडौंमा काभा वुुमन्स भलिबल नेसन्स लिगमा
भारतलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेकी थिइन् । करिव १५
वर्ष लामो भलिबल अनुभव भएकी शाले एभीसी च्यालेन्जर कप, काभा
वुमन्स भलिबल लिग खेलेको अनुभव छ । उनले १५ भन्दा धेरै राष्ट्रिय
स्तरका खेलहरु खेलेकी छन् ।

उनी काठमाडौंमा भएको काभा वुमन्स लिगको वेस्ट सेटर पनि घोषित भएकी
थिइन् । गण्डकीले यसअघि दुई खेलाडी रसियाबाट रसियाकी
जुभियागिनसिभा र एलिसा रुबियक र भारतबाट शिल्पा सिन्धलाई अनुबन्ध
गरेको थियो ।

आफ्नो चार जना विदेशी खेलाडी अनुबन्ध गरेपछि टिम मालिक सौरव
केडियाले अब गण्डकीले उपाधिका लागि आफूलाई बलियो दावेदारी
दिने बताए ।

यता टिमका प्रवन्धक विकास खेतानले टिमको विदेशी खेलाडी अनुबन्ध कार्यसकिएको र अब गण्डकीले ट्यालेन्ट हन्टबाट चाडै खेलाडी अनुबन्ध
गरेर टिमको तयारीलाई पनि अघि बढाउने बताए ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *