काठमाडौ- स्वस्तिश्री गुरुकुल स्कुलले टुसाल मल्टि भेन्युद्वारा आयोजित तेस्रो संस्करणको विद्यालय स्तरिय पौडी प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरेको छ।

तार्केश्वर नगरपालिका ८ स्थित टुसाल मल्टिभेन्युको स्विमिङपुलमा बुधबार सम्पन्न प्रतियोगितामा स्वस्तिश्री गुरुकुल स्कुलले सिनियर ब्वाइज, जुनियर गर्ल्स र जुनियर ब्वाईजमा स्वर्ण र सिनियर ब्वाईजमा थप एक कास्य सहित उत्कृष्ट प्रर्दशन गर्न सफल भएको हो। २५ मिटर फ्रि स्टायलमा खेलाईएको उक्त प्रतियोगितामा सिनियर ब्वाईज तर्फ स्वस्तिश्री गुरुकुलका आलज रञ्जितले निर्धारित दुरी १५.०६ सेकेण्डमा पुरा गर्दै स्वर्ण पदक जित्न सफल भए। सोही विधामा ओमेगा ईन्टरनेशनलका एरिक कर्माचार्य दोस्रो र स्वस्तिश्रीका कृत्ज्ञ कोजु तेस्रो भए।

सोही विधाको गर्लस तर्फ राजश्री गुरुकुलकी दिव्यानी श्रेष्ठ स्वर्ण पदक चुम्न सफल भईन्। उनले निर्धारित दुरी १८.०६ सेकेण्डमा पुरा गर्दै पहिलो भईन्। उक्त विधामा संस्कृत ईन्टरनेशनलकी प्रिन्सा कार्की दोस्रो र सेन्ट मेरिजकी युत्सा श्रेष्ठले तेस्रो स्थानमा चित्त बुझाउनु पर्यो । प्रतियोगिताको जुनियर ब्वाईजमा पनि स्वस्तीश्री गुरुकुलका आर्थव महर्जन १६.३९ सेकेण्डमा निर्धारित दुरी पारगर्दै स्वर्ण पदक जित्न सफल भए। जुनियर ब्वाईजमा समृर्द्धी स्कुलका दिव्यांशु प्रजापती दोस्रो र पिनाकल स्कोलर्स स्कुलका रियाज अधिकारी तेस्रो भए। यता जुनियर गर्लसमा पनि स्वस्तीश्री गुरुकुलकी एजला रन्जित स्वर्ण पदक जित्न सफल भईन् ।

उनले निर्धारित दुरी १७.०५ सेकेण्डमा पुरा गरिन्। उक्त स्पर्धामा सेन्ट मेरिजकी श्रेयशी श्रेष्ठ दोस्रो र मल्पी सिटिकी साध्वी थापा तेस्रो भईन्। प्रतियोगितका विजेता खेलाडीहरुलाई टुसाल मल्टिभेन्यू प्रालीका एमडी दिपेन्द्र थापाले मेडल ट्रफी र सम्मान पत्र दिएर पुरस्कृत गरे । एक दिने प्रतियोगितामा ४० विद्यालयका ६३ ब्वाईज र २८ गर्ल्स गरी जम्मा ९१ जनाले प्रतिस्पर्धा गरेका थिए ।

कार्यक्रममा टुसाल मल्टि भेन्यूका अध्यक्ष विजय सापकोटा, प्रमुख अतिथि तारकेश्वर नगरपालिकाका नगर प्रमुख कृष्णहरी महर्जन, विशिष्ठ अतिथि नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठको उपस्थिति रहेको थियो। त्यस्तै, विशेष अतिथिहरूमा तारकेश्वर नगरपालिका–८ वडाध्यक्ष श्यामकृष्ण सापकोटा र वर्ल्ड अक्वाटिक टेक्निकल अफिसियल विष्णु खड्काको उपस्थिति रहेको थियो।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile