काठमाडौँ- एन्टुवान ग्रिजम्यान चम्केको खेलमा एथ्लेटिको मड्रिडले नयाँ सिजनको च्याम्पियन्स लिग फुटबलमा विजयी सुरुवात गरेको छ।
राति भएको खेलमा मड्रिडले घरेलु मैदानमा आरबी लेइपिगलाई २-१ गोलले पराजित गरेको हो।
मड्रिडको जीतमा दुवै गोल ग्रिजम्यानले गरे। लेइपिगका लागि बेन्जामिन सेस्कोले शान्तिना गोल गरे।


