काठमाडौँ- स्पेनिस ला लिगा फुटबलमा राम्रो लयमा खेलिरहेको बार्सिलोना च्याम्पियन्स लिगको पहिलो खेलमै पराजित भएको छ।

राति भएको खेलमा बार्सा मोनाकोसंग उसकै मैदानमा २-१ गोलले पराजित भएको हो।

मोनाकोको जीतमा म्याग्नेस र जर्जले गोल गर्दा बार्साका लागि लमिन यमलले १ गोल फर्काए।

बार्साका डिफेन्डर एरिक गार्सियाले पहिलो हाफको १०औ मिनेटमै रातो कार्ड प्राप्त गर्दा टोलि १० खेलाडीमा सिमीत भएको थियो।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *