काठमाडौँ- राष्ट्रिय पारालिम्पिक कमिटी (एनपीसी)– नेपालको २५ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा एनसेलले पेरिस २०२४ पारालिम्पिककी ऐतिहासिक कांस्य पदक विजेता तेक्वान्दोकी पलेशा गोवर्धनसहित सहभागी ५ सदस्यीय टोलीलाई बुधबार नगदसहित पुरस्कृत गरेको छ ।

एनसेलले पलेशालाई १० लाख, प्रशिक्षक कविराज नेगी लामालाई ३ लाख, अर्का तेक्वान्दो खेलाडी भरहसिंह महता, पौडी खेलाडी भीमबहादुर कुमाल र पौडी प्रशिक्षक विजेनमान श्रेष्ठलाई जनही १ लाख नगदसहित पुरस्कृत ग¥यो ।

एनपीसी नेपालले पनि पेरिस पारालिम्पिकमा सहभागी टोलीसहित विगतका विभिन्न संस्करणको पारालिम्पिकमा सहभागी पारालिम्पियन विक्रमबहादुर राना, मैया विशुंखे, लक्ष्मी कुँवर र निर्मला ज्ञवालीलाई पनि सम्मान गरेको थियो । निर्मला भने कार्यक्रममा उपस्थित थिइनन् ।

सोही अवसरमा एनपीसी नेपालले पारा खेलकुद प्रति चासो व्यक्त गर्दै सहयोग पु¥याएवापत राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) को सदस्य तथा ओसीएअन्तर्गत स्पोर्ट्स एन्ड इन्भाइरोमेन्टको अध्यक्षमा चयन भएका नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ, राखेपका सदस्य एवं पेरिस पारालिम्पिकको तेक्वान्दो टोलीका टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठ, पेरिस पारालिम्पिकका नेपाली टोलीका सेफ दि मिसन सरोज श्रेष्ठलगायतलाई पनि सम्मान गरिएको थियो ।

उनीहरुलाई युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, एनपीसी नेपालकी अध्यक्ष राधा घले, वरिष्ठ उपाधयक्ष केदार सिवाकोटी, एनसेलका प्रतिनिधिलगायतले एक कार्यक्रमबीच सम्मान गरे ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile