काठमाडौँ- मनमैजु डोजो प्रथम टोखा मेयर कप वादोरियो कराते प्रतियोगितामा मंगलबार टिम च्याम्पियन बनेको छ ।

गोंगबुस्थित काठमाडौं युरो स्कुलमा भएको प्रतियोगितामा ५ स्वर्ण, १ रजत र ३ कांस्यसाथ मनमैजु टिम च्याम्पियन बन्यो ।
नेपाल वादोरियो कराते डो संघको प्राविधिक सहयोग तथा नेपाल वादोरियो कराते डो संघ, टोखा डोजोद्वारा आयोजित प्रतियोगितामा गोदावरी डोजो दोश्रो भयो । गोदावरीले ३ स्वर्ण, ५ रजत र ४ कांस्य जित्यो । तेश्रो स्थानको गोंगबु डोजोले ३ स्वर्ण, ३ रजत र २ कांस्य हात पा¥यो ।

पुरुषमा टोखा भैरवका सुजिन तामाङ तथा महिलामा योङ हार्ट्सकी प्राश्ना केसी उत्कृष्ट खेलाडी घोषित भए । पशुपति डोजो अनुशासित टिम ठहरियो ।

विजेतालाई प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशका सदस्य–सचिव कृष्ण बस्नेत, नेपाल वादोरियो कराते डो संघका अध्यक्ष एवं नेपाल कराते महासंघका वरिष्ठ उपाध्यक्ष हरिशरण केसीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
टोखा नगरपालिकाको सहयो

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *