काठमाडौं- तेस्रो संस्करणको टुसाल विद्यालय स्तरीय पौडी प्रतियोगिताको आयोजना असोज ३ गते हुने भएको छ ।

यस अघी भाद्र ७ गते हुने भनिएको उक्त प्रतियोगिता प्राविधिक कारणले स्थगित भएकाले सोही प्रतियोगिता असोज ३ गते हुन लागेको टुसाल मल्टिभेन्युका म्यानेजर बिमोन्ड ओझाले जानकारी दिएका हुन् । प्रतियोगिता तार्केश्वर–८ स्थित टुसाल मल्टिभेन्युको स्विमिङ पुलमा हुनेछ। प्रतियोगिता २५ मिटरको फ्री स्टाइल विधामा प्रतिस्पर्धा हुनेछ।

प्रतियोगितामा जुनियर ब्वाइज, जुनियर गर्ल्स र सिनियर ब्वाइज र सिनियर गर्ल्स गरी ४ वटा विधामा प्रतिस्पर्धा गराइनेछ । विजयी खेलाडीहरुलाई ट्रफी, मेडल तथा अन्य पुरस्कारहरुले सम्मान गरीने आयोजकले जनाएको छ । प्रतियोगितामा झण्डै एक सय खेलाडीको सहभागिता रहने आयोजकले अपेक्षा राखेको छ । हालसम २० वटा विद्यालयले सहभागिताका लागि नाम दर्ता गरिसकेको र यसपटक सरकारी विद्यालयका विद्यार्थीले निशुल्क सहभागिता गर्ने बताइएको छ ।

प्रतियोगिताको प्राविधिक र निर्णायकको जिम्मेवारी विष्णु खड्का लगाएत ११ जनाको टिमले जिम्मा लिनेछन् । प्रतियोगितामा मेडिकल सपोर्ट मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालको रहने छ । अस्पतालले प्रतियोगितको अवधिभर एम्बुलेन्स, एकजना चिकित्सक र दुई जना नर्स सहितको सेवा दिने सम्झौता भएको आयोजकले जनाएको छ। यस अघि गत वर्ष असार १५ गते मल्टिभेन्युले दोस्रो संस्करणको आयोजना गरेको

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile