काठमाडौं- अमेरिकाको पोर्टल्यान्डमा मुख्यालय रहेको अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पिन्सिप (आईओएफटीसी) ले १४ औं अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिपका स्वर्ण विजेता नेपालका भिजन तामाङलाई १ लाख नगदसहित सम्मान गरेको छ ।

सोही अवसरमा युएस वल्र्ड क्लास होलीउड तेक्वान्दो एसोसिएसनका खेलाडी सेल्बा ताम्राकारले उपलब्ध गराएको २ सय अमेरिकी डलर पनि भिजनलाई प्रदान गरिएको थियो ।

आईओएफटीसीको आयोजनामा दक्षिण कोरियाको सिओलमा गत अगष्ट २३ देखि २४ तारिखसम्म भएको प्रतियोगितामा भिजनले पुरुष ४० केजीमुनि स्वर्ण जितेका थिए । उनले सेमिफाइनलमा अमेरिका तथा फाइनलमा फिलिपिन्सका खेलाडीलाई पराजित गरेका थिए । उक्त प्रतियोगितामा नेपालबाट सहभागी भिजन एक्लो खेलाडी हुन् । भिजन प्रतियोगिताकै उत्कृष्ट खेलाडी पनि घोषित भएका थिए ।

समग्रमा भिजनको यो दोश्रो अन्तर्राष्ट्रिय स्वर्ण हो । यसअघि भिजनले थाइल्यान्डमा भएको प्रतियोगितामा स्वर्ण जितेका थिए । विभिन्न घरेलु प्रतियोगितामा नेप्लिज तेक्वान्दो एकेडेमीका भिजनले २१ स्वर्ण जितेका छन् । भिजनको प्रतिभाको कदर गर्दै सम्मान गरिएको आईओएफटीसीका निर्देशक दिवाकर महर्जनले जनाएका छन् ।

सोही प्रतियोगितामा उत्कृष्ट निर्णायक बनेका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्कालाई पनि नगद २५ हजारसहित सम्मान गरिएको थियो । अन्तर्राष्ट्रिय प्रतियोगितामा अशोक उत्कृष्ट निर्णायक भएको यो १४ औं पटक हो । उनले करिब ४० अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् ।

आईओएफटीसीका लागि खेलाडी छनोट गर्न नेपालमै गत बैशाखमा भएको चौथो राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगितामा संयोजकको भूमिका निर्वाह गरेका वरिष्ठ तेक्वान्दो प्रशिक्षक नवीनकुमार श्रेष्ठलाई पनि प्रशंसा पत्रसहित सम्मान गरिएको थियो । सोही अवसरमा भारतमा भएको १० औं एसियाली आईटीएफ तेक्वान्दो प्रतियोगिताको भेट्रानमा स्वर्ण जितेका राज मन्दिर श्रेष्ठ पनि प्रशंसा पत्रसहित सम्मानित भए

उनीहरुलाई युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले एक कार्यक्रमबीच नगद र प्रशंसा पत्र प्रदान गरी सम्मान गरे । सो अवसरमा आईओएफटीसी नेपाल च्याप्टरका अध्यक्ष मिनप्रसाद खनाल र सचिव गिरीबहादुर सुनारको पनि उपस्थिति रहेको थियो ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile