काठमाडौँ- महिला उद्यमी महासंघ नेपालले पारा तेक्वान्दोकी ऐतिहासिक पदक विजेता पलेशा गोवर्धनलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।
महिला उद्यमी महासंघ नेपालले आफ्नो २१औं वार्षिक साधारण सभाको अवसरमा बिहीबार पलेशालाई नगदसहित सम्मान गरेको हो । बानेश्वरस्थित आनन्दभूमि इभेन्ट्समा भएको साधारण सभाको उद्घाटन सत्रको अवसरमा पेरिस पारालिम्पिकमा कांस्य विजेता पलेशा सम्मानित भएकी हुन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउत र महासंघकी अध्यक्ष शोभा ज्ञवालीले पलेशालाई सम्मानपत्र र नगद ५० हजार ५ सय रुपैयाँसहित सम्मान गरेको हो । अध्यक्ष ज्ञवालीले आफ्नो व्यक्तिगत तर्पmबाट पलेशालाई नगद सम्मान गरेकी हुन् । पलेशाले जितेको पदक नेपाली खेलकुदको अहिलेसम्मकै ठूलो सफलता हो ।
ऐतिहासिक सफलता प्राप्त गरेकी पलेशालाई सम्मान गर्न पाउँदा गौरान्तिवत महसुस भएको महिला उद्यमी महासंघकी अध्यक्ष ज्ञवाली बताइन् । सो अवसरमा ज्ञवालीले पलेशाको अथक मिहिनेतबाट यो ऐतिहासिक सफलता प्राप्त भएको उल्लेख गर्दै उनलाई सम्मान गर्न पाउँदा महिला उद्यमी महासंघ नेपाल निकै हर्षित भएको बताइन् ।
उक्त कार्यक्रममा पलेशाका पिता प्रदीप गोवर्धनलाई पनि सम्मान गरिएको थियो ।

