काठमाडौँ- इंग्ल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो टि ट्वान्टी आईमा जित हात पार्दै अग्रता बनाएको छ ।

इंग्ल्यान्डको साउथह्याम्टनमा भएको खेलमा अस्ट्रेलियाले पहिलो टि ट्वान्टी खेल २८ रनले जितेको हो । अष्ट्रेलिया तिन खेलको टि२० आई सिरिजका लागि इंग्ल्यान्डको भ्रमणमा रहेको छ।

अस्ट्रेलियाले दिएको १८० रनको लक्ष्य पछ्याएको घरेलु टोली १९.२ ओभरमा १५१ रन बनाउदै अल आउट भएको थियो ।

इंग्ल्यान्डका लागि लियम लिविगंस्टोनले ३७, ओपनर तथा कप्तान फिल साल्टले १२ बलमा २०, साम करनले १५ बलमा १८ तथा जोर्डन कक्सले १२ बलमा १७ रन जोडेका थिए।

अस्ट्रेलियाका लागि सन एबटले ३, जोस हेजलवुड र एडम जाम्पाले समान २ तथा जेभिएर ब्राटलेट, क्यामरुन ग्रीन र मार्कस स्टोईनेसले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाहुना टोली १९.३ ओभरमा १७९ रन बनाउदै अल आउट भएको थियो।

उसका लागि ओपनर ट्राभिस हेडले सर्वाधिक ५९ रनको अर्धशतकीय ईनिङ खेले । त्यस्तै अर्का ओपनर म्याथ्यु शर्टले २६ बलमा ४ चौका र २ छक्काको सहयोगमा ४१ तथा विकेट किपर जोस इङ्ग्लिसले २७ बलमा ३७ रन जोडे ।

इंग्ल्यान्डका लागि लियम लिविगंस्टोनले ३, सकिब मोहम्मद र जोफ्रा आर्चरले समान २ तथा आदिल राशिद र साम करनले समान १ विकेट लिएका थिए ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile