काठमाडौं- टाइम्स ए र रिभोल्ट ए ले श्री ’थ्री एक्स थ्री’ बास्केटबलको उपाधि जितेको छ।
त्रिपुरेश्वरस्थित राखेको सेमिकभर्डहलमा आइतबार भएको पुरुषतर्फको फाइनलमा टाइम्स ए ले गोल्डेनगेट इन्टरनेसनल कलेजलाई २१–१७ ले हराउँदै च्याम्पियन बनेको हो। यस्तै महिलातर्फ रिभोल्ट ए ले हाउण्ड्सलाई ११–९ ले हरायो।
श्री एअरलाइन्सको आयोजना र नेपाल बास्केटबलको संघको सहयोगमा राष्ट्रिय महिला बास्केटबल टिमले व्यवस्थापन गरेको प्रतियोगिता कर्पोरेटतर्फ इजी सर्भिसले जित्यो। फाइनलम इजी सर्भिसले बीएस धौवलागिरीलाई १४–११ ले हरायो।
पुरुषतर्फ श्रेयांस बहादुर शाह तथा महिलातर्फ छिरिङ चोकी शेर्पा मोस्ट भ्यालुएबल प्लेअर घोषित भए। यस्तै कर्पोरेटतर्फ प्रविन गुरागाईँ मोस्ट भ्यालुएबल प्लेअर बने। दुई दिने प्रतियोगितामा पुरुषतर्फ १४, महिलातर्फ ८ र कर्पोरेटतर्फ ८ टिमको सहभागिता थियो।
विजेता खेलाडीहरुलाई नाइन सेभेन सेभेनले ५० हजार बराबरको, पोशिलो फुड्सबाट ६ हजार बराबरीको तथा ग्लामोर हेयरको तर्फबाट १० हजार बराबरको गिफ्टह्याम्फर प्रदान गरिएको थियो।