काठमाडौँ- एन्फा महिला लिगमा संकटा क्लब र चन्द्रपुर नगरपालिकाले बराबरि खेल्दै अंक बाढेका छन्।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको दिनको पहिलो खेलमा संकटा र चन्द्रपुरले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्।
यो बराबरीपछि दुई खेलबाट संकटाले पहिलो अंक जोडेको छ। चन्द्रपुरको समान खेलमा २ अंक जोडेको छ।
संकटा पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग ४–० गोलले पराजित भएको थियो। यता, चन्द्रपुरले लगातार दोस्रो खेलमा अंक बाँडेको हो। चन्द्रपुर पहिलो खेलमा कर्णाली प्रदेशसँग १–१ को बराबरीमा रोकिएको थियो।

