काठमाडौँ- श्रीलंका टुरमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज अभ्यास खेल खेल्दै छ।

खेल नेपाली समयअनुसार बिहान १०:१५ बजेबाट शुरु हुनेछ।

आइसीसी क्रिकेट विश्वकप लिग-२ को तयारीमा रहेको नेपालले श्रीलंकामा श्रीलंका डेभलपमेन्ट स्क्वाडसँग तीन एकदिवसीय अभ्यास खेल खेल्ने कार्यक्रम रहेको थियो।

यसअघि पहिलो र दोस्रो अभ्यास खेल बर्षाका कारण रद्द भएको थियो।

नेपाली टोली: कप्तान रोहित पौडेल, आसिफ सेख, अनिल शाह, देव खनाल, भीम सार्की, आरिफ सेख, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलशन झा, रिजन ढकाल, ललित राजबंशी, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा, कुशल भुर्तेल, अर्जुन साउद, दिपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *