काठमाडौँ- नियमित कप्तान लियोनेल मेस्सीबिना मैदान उत्रिएको अर्जेन्टिनाले चिलीलाई पराजित गरेको छ।

विश्वकप छनोट अन्तर्गतको खेलमा अर्जेन्टिना ३-० गोलले विजयी बनेको हो। मेस्सी कोपा अमेरिकाको फाइनलमा कोलम्बियाविरुद्धको खेलमा घाइतेभएपछि अहिलेसम्म टोलि बाहिर रहेका छन्।

अर्जेन्टिनालाई जिताउन माक अलिस्टा, युलियान अल्भारेज र पाउलो डिबालाले गोल गरे।

जीतपछि ७ खेलमा १८ अंक जोड्दै अर्जेन्टिना शिर्ष स्थानमा कायम रहेको छ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *