काठमाडौँ- कोशी प्रदेशले एन्फा महिला लिगमा लगातार दाेस्राे जित दर्ता गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको पहिलो खेलमा कोशीले बागमती युथ क्लबलाई २-१ गोलले पराजित गरेको हो।
कोशीको जीतमा समीक्षा मगरले एक गोल गर्दा बागमतीकी दिव्या मगरले आत्माघाति गोल गरिन् । त्यस्तै बागमतीका लागी विष्णु माया बलले शान्तवना गोल फर्काइन्।
जीतसंगै कोशीले दुई खेलबाट ६ अंक जोडेको छ। समान खेल खेलेको बागमतीको तीन अंक रहेको छ।

