काठमाडौँ- गोर्खालि च्र्याम्पियन्सिप प्रतियोगिता भदौँ २२ गते शनिवार हुने भएको छ।

गोर्खालि च्र्याम्पियन्सिपले विहिवार ठमेलस्थित लर्डस अफ ड्रिन्क्स (एलओडी) मा प्रेसमिट गर्दै प्रतियोगिता २२ गते शनिवार आयोजना गर्ने जानकारि दिएको छ।

प्रतियोगितामा खेलाडीहरुले एममए र मुवाइ थाई विधामा एलओडीमा प्रतिस्पर्धा गर्नेछन्।

नेपालबाट २८ जना खेलाडीले सहभागिता जनाउने छन्। त्यस्तै प्रतिगोगितामा विभिन्न देशका अन्ताष्ट्रिय फाइटरको पनि सहभागिता रहने छ।

प्रतियोगितामा जम्मा १४ वटा फाइटहरु हुनेछन्।

प्रतियोगिताको टिकट खल्ति एप बाट लिन सकिने आयोजकले बताएको छ। टिकट मूल्य रेगुलर तर्फ तीन हजार रुपैयाँ रहदा रिङ साइडमा पाँच हजार रुपैया रहेको छ। भिआइपि साइडको टिकट सोल्ड आउट भइसकेको आयोजकले बताएको छ।

प्रतियोगिताको ब्रोडकास्टिङ एक्सन स्पोर्टसबाट हुनेछ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile