काठमाडौँ-राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत तालिम तथा प्रशिक्षण विभागका निर्देशक प्रचण्ड शर्मालाई मंगलबार बिदाइ गरिएको छ ।

राखेपका सदस्य–सचिव टंकलाल घिसिङले शर्मालाई लामो समय राखेपमा रहेर सेवा गरेकोमा धन्यवाद दिए । मंगलबारै छुट्टै कार्यक्रममा तालिम तथा प्रशिक्षण विभागले पनि शर्मालाई बिदाइ गरेको थियो ।

खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रका प्रमुख मधुसुदन बस्नेत, तालिम तथा प्रशिक्षण विभागकी उप निर्देशक संगीना वैद्य, फुटबलकी प्रमुख प्रशिक्षक अरुणा गुरुङ, एथलेटिक्सकी प्रमुख प्रशिक्षक उषा कर्ण, राखेप कर्मचारी संघकी अध्यक्ष सरस्वती केसी, तालिम तथा प्रशिक्षक विभागका वरिष्ठ अधिकृत सुजन खतिवडालगायतले एक कार्यक्रमबीच शर्मालाई बिदाइ गरे ।

२०५२ साल माघ १० गते राखेपमा सेवा प्रवेश गरेका शर्माले मंगलबारदेखि उमेर हदका कारण अनिवार्य अवकास पाएका हुन् ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile