काठमाडौँ- एसियाली टेबलटेनिस च्याम्पियनसिपको २७ औं संस्करणमा नेपालबाट २ खेलाडी सहभागी हुने भएका छन् ।

अखिल नेपाल टेबलटेनिस संघले आयोजना गरेको छनोट प्रतियोगिताबाट समान १–१ पुरुष÷महिला गरी २ खेलाडी छनोट गरिएको टेबलटेनिस संघका महासचिव कुँवेर सिंहले जनाएका छन् ।

पुरुषमा संयोग कपाली र महिलामा इभाना थापा मगर छनोट भए । दुवै शीर्ष स्थानमा रहँदै छनोट भएका हुन् । एसियाली टेबलटेनिस काजाकस्तानमा अक्टोबर ७ देखि १३ तारिखसम्म हुनेछ ।

सोही छनोट प्रतियोगिताबाट पुरुष÷महिलामा शीर्ष १६ वरीयताका खेलाडी पनि निर्धारण गरिएको महासचिव सिंहले बताए ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *