काठमाडौँ- आयोजक ज्ञानोदयले ३० औं ज्ञान कार्निभल अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्समा शनिबार जित हात पारेको छ ।
खोकनास्थित घरेलु कोर्टमा ज्ञानोदयले रिब्सलाई २८–२५ ले पराजित ग¥यो । ज्ञानोदयकी रिस्ता तिलिजाले १२ अंक जोडिन् ।
गल्र्समै रेडियन्ट पब्लिकले स्वर्णिमलाई ११–८ तथा रातो बंगलाले मोर्डन इन्डियन स्कुललाई २२–९ ले हराए । रेडियन्टकी दिब्यान्शा कार्कीले ११ तथा रातो बंगलाकी आहाना ढुंगानाले ११ स्कोर गरे ।
ब्वाइजमा आइडियल मोडलले रेडियन्ट पब्लिकलाई ४२–४०, रातो बंगलाले ओएसिस्लाई ३७–२५ र लिटिल एन्जल्सले पाठशाला, बानेश्वरलाई ४०–१६ ले पन्छाए ।
आइडियका नेल्सन श्रेष्ठले १६, रातो बंगलाका अक्षित झाले १४ र लिटिल एन्जल्सका तेन्जिन लामाले १३ अंक जोडे ।