काठमाडौँ- पेरिस पारालिम्पिक– २०२४ की ऐतिहासिक कांस्य विजेता तेक्वान्दोकी पलेशा गोबर्धनले ६५ लाख रुपैयाँ नगद पुरस्कार पाउने भएकि छिन् ।
राष्ट्रिय खेलकुद विकास नियमावली– २०७९ मा भएको पुरस्कार सम्बन्धी व्यवस्था अनुसार पलेशाले ६५ लाख नगद पुरस्कार पाउने भएकी हुन् ।
सोही नियमावलीमा भएको पुरस्कार अनुसार चीनको हाङझावमा भएको चौथो एसियाली पारा खेलकुदमा पनि कांस्य जितेकी पलेशाले १३ लाख नगद पुरस्कार पाएकी थिइन् ।
त्यस्तै प्रशिक्षकले ५ लाख ८५ हजार, व्यवस्थापकले २ लाख ९२ हजार र सम्बन्धित खेल संघले ११ लाख ७० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।